काठमाडौं । सार्वजनिक खरिद अनुमगमन कार्यालयले आधा दर्जन सार्वजनिक निकायलाई कालो सूचीमा राखेको छ।
कार्यालयले शुक्रबार सूचना प्रकाशन गरी सहारा निर्माण सेवा (वीरेन्द्रनगर), जोन्सन कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालि (काठमाडौँ), सर्वोद्वार, फ्रेन्ड्स(श्रेष्ठ जेभी (कोटेश्वर), एस्पियल गुप्र एन्ड इन्जिनियर्स (विराटनर), एमरएस जोन्डिङ इन्टरनेसनल इन्जिनियरिङ को. लि. (चाइना) र मिसु ट्रेडिङ (चितवन) लाई कालोसूचीमा राखिएको जानकारी दिएको हो।
कालो सूचीमा राख्न नपर्ने कारणसहित सूचना प्रकाशन भएको ७ दिनभित्र सार्वजनिक खरिद नियमावली २०६४ को नियम १४१ को उपनियम ४ (क) को प्रयोजनार्थ स्पष्टीकरण पेस गर्न सार्वजनिक खरिद अनुमगमन कार्यालयले चेतावनी दिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० असार २०७९, ११ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
९ वटा निर्माण कम्पनी परे कालो सूचीमा (नामावली)
यी १८ निर्माण कम्पनी परे कालो सूचीमा (नामावली सहित)
१९ निर्माण कम्पनी कालो सूचीमा (सूचीसहित)
दुई निर्माण कम्पनी सरकारको कालो सूचीमा