राप्रपा नेपालले धनगढी र सुर्खेतमा अन्तरक्रिया गर्ने

सफल खबर संवाददाता

शुक्रबार, १० असार २०७९, ०७ : ३१
राप्रपा नेपालले धनगढी र सुर्खेतमा अन्तरक्रिया गर्ने

काठमाडौं ।  राप्रपा नेपालले सुदूरपश्चिमको धनगढी र कर्णालीको सुर्खेतमा अन्तरक्रिया र अगुवा कार्यकर्ता भेला गर्ने भएको छ । प्रदेशको राजधानीहरुमा कार्यक्रम गरिने तय भए अनुसार यस अघि , हेटौंडा ,बिराटनगर ,जनकपुर,बुटवल र पोखरामा कार्यक्रम सम्पन्न भैसकेका छन् । 

यही असार ११ गते सुदुरपश्चिम स्तरिय कार्यक्रम धनगढीमा र १६ गते सुर्खेतमा गरिने पार्टीले जनाएको छ ।  कार्यक्रमका निमित्त पार्टीका महामन्त्री राजाराम बर्तौला धनगढी पुगिसकेका छन् ।

बर्तौलाका अनुसार सबै बर्ग, क्षेत्र, समुदायका ब्यक्तिहरसङ्ग पार्टी अध्यक्ष कमल थापाले अन्तरक्रिया गर्नेछन्  भने प्रदेश क्षेत्र भित्रका जिल्लाका अध्यक्ष सहित प्रतिनिधिहरुको सहभागीतामा छुट्टै अगुवा कार्यकर्ता भेलाको आयोजना हुनेछ । कार्यक्रममा थापाले प्रशिक्षण समेत दिनेछन् । कार्यक्रममा सहभागी हुन अध्यक्ष कमल थापा भोलि धनगढी आउने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस