काठमाडौं । नेकपा एमालेका तर्फबाट निर्वाचित राष्ट्रियसभा सदस्यहरु अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् । राष्ट्रियसभामा एमालेको भूमिका, राष्ट्रिय राजनीति, संसदीय समितिका सभापति चयन लगायतबारे छलफल गर्न सांसदहरु बालकोट पुगेका हुन् ।
‘हाम्रो आफ्नो कुरा अध्यक्षसँग राख्न र उहाँको निर्देशन सुन्न छलफलमा बस्न लागेका हौं’, एमाले राष्ट्रियसभा संसदीय दलका प्रमुख सचेतक खिमलाल भट्टराईले भने । राष्ट्रियसभाका उपाध्यक्ष र तीन विषयगत समितिको सभापति रिक्त रहेकाले त्यसमा एमालेको भूमिकाबारे पनि यो छलफल गरिने भट्टराईले बताए ।समितिका सभापति रिक्त हुनु भनेको संसदीय अभ्यासमा राम्रो होइन, तर सत्ता पक्षको ध्यान यता गएको छैन’, भट्टराईले भने । प्रतिनिधिसभामा पठाइएको विधेयकहरु फिर्ता नभएकाले त्यसबारे पनि छलफल हुने उनले बताए ।
यसबाहेक राष्ट्रिय राजनीतिबारे पनि कुरा राख्नेगरी सांसदहरु बालकोट पुगेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ असार २०७९, १७ : १४
लेखकबाट थप