काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका सांसद सुजता परियारले नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाउँदा जनताको चुलो बल्न छाडेको बताएकी छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले पेट्रोलियम पदार्थमा लगाइएको कर हटाएर जनतालाई सहुलियत दिनुपर्ने माग गरिन् ।
“किन यो स्तरको मूल्यवृद्धि भइरहेको छ ? भुटान, पाकिस्तानमा भन्दा नेपालमा किन महँगो ?,” उनले भनिन्, “पेट्रोलियम पदार्थमा लगाइएको कर हटाउँदा राम्रो हुन्छ । सामान्य नागरिकको जीवन संकटमा परेको छ । कर हटाएर सहज गरिदिनुहोस् ।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ असार २०७९, १५ : १८
लेखकबाट थप