ललितपुर । जिल्ला सहकारी संघ ललितपुर र नेपाल क्यान्सर सहयोग समूह काठमाडौवीच पाठेघरको मुखको क्यान्सरको जाँंच शिविर सञ्चालन गर्न मंगलबार एक सम्झौता भएको छ ।
ललितपुर जिल्लाका विभिन्न स्थानहरुमा आर्थिक वर्ष २०७९।८० मा पाठेघरको मुखको क्यान्सर न्युनीकरण गर्न कम्तीमा वार्षिक १२ वटा वा सो भन्दा अधिक पाठेघरको मुखको क्यान्सरको जाँंच सञ्चालन गर्न सहमति भए बमोजिम मंगलबार एक कार्यक्रमवीच सम्झौता गरिएको हो । सम्झौतामा जिल्ला सहकारी संघ ललितपुरकोतर्फबाट अध्यक्ष केदार गोर्खाली र नेपाल क्यान्सर सहयोग समूहकोतर्फबाट अध्यक्ष दीलिप भटराईले हस्ताक्षर गरेका छन् ।
शिविर सञ्चालनका लागि दुवै पक्षवीच नौ बुँंदे सहमति भएको हो । सहमति अनुसार शिविर सञ्चालनका लागि जिल्ला सहकारी संघ ललितपरकोतर्फबाट गर्नुपर्ने पाँंच वटा र नेपाल क्यान्सर सहयोग समूह काठमाडौंकोतर्फबाट गर्नुपर्ने चार वटा बुँंदाहरु उल्लेख छन् । सम्झौता अनुसार शिविर गर्नका लागि आवश्यक प्राविधिकहरु डाक्टर, नर्स, सहायक र अन्य नेपाल क्यान्सर सहयोग समूह काठमाडौंले उपलव्ध गराउनुपर्ने, शिविर सञ्चालन गर्नका लागि आवश्यक स्थानको पहिचान गर्ने, स्वयमसेवकहरु उपलव्ध गराउने तथा परिचालन गर्ने व्यवस्था जिल्ला सहकारी संघ ललितपुरले गर्नेलगायतका बुँंदाहरु रहेका छन् ।
कार्यक्रममा दुवै पक्षका वक्ताहरुले शिविरले जिल्लामा क्यान्सर रोगीहरुको पहिचान गर्न सहयोग गर्नुका साथ समयमै रोग पता लगाउन सफल भएर क्यान्सरका कारण अकालमै ज्यान जोगाउन सहयोग मिल्ने विश्वास व्यक्त गरे । सुरुमै क्यान्सर रोगको पहिचान हुन सके नेपालमै सजिलै उपचार हुने अवस्था छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०८ असार २०७९, ०८ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालबालिकाको क्यान्सरको उपचारमा प्रयोग हुने औषधि हस्तान्तरण
आज विश्व क्यान्सर दिवसः प्रारम्भिक चरणमा पहिचान भएमा निर्मूल हुने
क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउन सम्झौता
जुम्लामा ८ हजार आठ सय २९ जना छात्रालाई क्यान्सरविरुद्धको खोप दिइने
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो : स्वास्थ्य मन्त्रालय
क्यान्सरविरुद्धको खोप बनाएको रुसको घोषणा, आगामी वर्ष संसारभर बाँडिने