रविले घोषणा गरे राष्ट्रिय स्वतन्त्र पार्टी

सफल खबर संवाददाता

मंगलबार, ०७ असार २०७९, १३ : ४०
रविले घोषणा गरे राष्ट्रिय स्वतन्त्र पार्टी

 काठमाडौं ।  सञ्चारकर्म छाडेर राजनीतिमा लागेका रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् ।काठमाडौंमा एक कार्यक्रम गरे‍र उनले पार्टीको नाम सार्वजनिक गरेका हुन् । लामिछानेले प्रधानमन्त्री र मुख्यमन्त्रीको चुनाव प्रत्यक्ष हुनु पर्ने माग पनि राखेका छन् ।

उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकाहरुलाई आफ्नो दलमा आउन आग्रह गरे ।स्वतन्त्र उम्मेदवारी दिन लागेकाहरुप्रति आफ्नो सम्मान रह‍ेको भन्दै उनले देशभरबाट समानुपातिक मत संकलन गर्नु पर्ने भएकाले दल गठन गरेको उनले सुनाए ।उनले पार्टी सदस्यहरुबीच प्रारम्भिक निर्वाचन गरेर मात्र स‌ंसदको प्रत्यक्ष तथा समानुपातिक उम्मेदवार चयन गर्ने बताए ।लामिछानेले पार्टीका हरेक कमिटीमा ५0 प्रतिशत युवा सहभागिता हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस