यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

आइतबार, २७ माघ २०८१, ०७ : ३१
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपियाँ ५९ पैसा र बिक्रीदर १४० रुपियाँ १९पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४४ रुपियाँ ९० पैसा र बिक्रीदर १४५ रुपियाँ ५२ पैसा तोकिएको छ ।

यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७३ रुपियाँ ८४ पैसा र बिक्रीदर १७४ रुपियाँ ५९ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५३ रुपियाँ ९१ पैसा र बिक्रीदर १५४ रुपियाँ ५७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपियाँ ७० पैसा र बिक्रीदर ८८ रुपियाँ ०८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपियाँ ४३ पैसा र बिक्रीदर ९७ रुपियाँ ८५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपियाँ ३३ पैसा र बिक्रीदर १०३ रुपियाँ ७७ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ १८ पैसा र बिक्रीदर नौ रुपियाँ २२ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ १५ पैसा र बिक्रीदर १९ रुपियाँ २३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ २२ पैसा र बिक्रीदर ३७ रुपियाँ ३८ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ २९ पैसा र बिक्रीदर ३८ रुपियाँ ४५ पैसा कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस