काठमाडौँ । आगामी निर्वाचनका लागि काठमाडौं क्षेत्र नंबर ४ मा युवा इन्जिनियर आकर्षण पोखरेलले उम्मेदवारी घोषणा गरेका छन् ।
मंगलबार बिहान कपनको साततलेस्थित खहरेमा आयोजित कार्यक्रममा पोखरेलले प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेका हुन् । योजना, योग्यता, क्षमता, विशेषज्ञता र विवेक गरी पाँच वटा कुरालाई आधार मानेर चुनावमा होमिएकाले आफूले राजनीतिमा जित्ने उनले विश्वास व्यक्त गरेका छन्।
आफ्नो तीनचरणको घरदैलोमध्ये पहिलो घरदैलो कार्यक्रम आजैबाट शुरु भएको पनि उनले बताए । जसमा पहिलो चरणमा घरदैलोमा समस्या के हो भने घरघरमा गएर बुझ्ने, दोस्रोमा ती समस्याहरुको बारेमा आफ्नो विज्ञ समूहले अध्ययन गरेर समाधानका उपाय खोज्ने र तेस्रो चरणमा मत माग्न घरघरमा जाने उनको भनाई छ ।
याे क्षेत्र नेपाली कांग्रेसका महामन्त्री गगन थापाको निर्वाचन क्षेत्र हो। ०७४ को निर्वाचनमा थापा सोही क्षेत्रबाट निर्वाचित भएका थिए। स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारको सफलतासँगै प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा नहुँदै स्वतन्त्र उम्मेदवारी दिनेहरुको लहर बढेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ असार २०७९, १० : ०४
लेखकबाट थप