अधिकार प्राप्त नभएसम्म आन्दोलन जारी रहन्छः उपेन्द्र यादव

सफल खबर संवाददाता

सोमबार, ०६ असार २०७९, २१ : ३६
अधिकार प्राप्त नभएसम्म आन्दोलन जारी रहन्छः उपेन्द्र यादव

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी जनतालाई जल, जंगल र जमिनमा अधिकार प्राप्त नभएसम्म पूर्ण संघीयताको लागि आन्दोनल जारी रहने बताएका छन।

सोमबार निर्माण व्यवसायी बलराम महतोलाई जसपामा प्रवेश गराउन आएका अध्यक्ष यादवले दलीय गठबन्धन मुलुकमा स्वेच्छाचारिताको अन्त्यका लागि अनिवार्य आवश्यकताअनुसार लोकतन्त्रको रक्षाका लागि भएको बताए।

उनले नागरिकताको लागि लडाई, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र कायमका लागि, संघीयतालाई मजबुत बनाउन लडाइँ जारी नै रहने  बताए।
केही पार्टीहरु संघीयतालाई कार्यान्वयन गर्न नचाहेको र नागरिकता दिनबाट समेत आनाकानी गरिरहेकाले संघर्ष जारी नै रहेको बताए ।

जनकपुरधाम उपमहानगरपालिकामा मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका महतोलाई उनले पार्टीमा प्रवेश गराएका हुन्। महतो रमण कन्सट्रक्सनका मालिक हुन्।

उनले पदबाट राजीनामा दिएर स्थानीय तहको निर्वाचनमा लडेका थिए। उनले आफ्नो जमान बचाउन सफल भएका थिए।