एजेन्सी । सम्पत्ति शुद्धीकरण मुद्दामा कांग्रेस नेता राहुल गान्धी सोमबार चौथो पटक प्रवर्तन निर्देशनालय (ईडी) सोधपुछ हुने भएको छ। नेसनल हेराल्ड अखबारसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दाको सम्बन्धमा ईडी मुख्यालयमा गान्धि जाने तय भएको हो ।
राहुललाई गत साता तीन पटक सोधपुछ गरिएको थियो । उनलाई चौथो पटक शुक्रबार ईडी बोलाइएको थियो । तर, कोभिड संक्रमणका कारण अस्पताल भर्ना भएकी आमा तथा कंग्रेस प्रमुख सोनिया गान्धीलाई भेट्न अस्पताल जानुपर्ने भएपछि राहुलको अनुरोधमा सोमबारका लागि पुनः सोधपुछको मिति तय भएको थियो ।
राहुलमाथिको सोधपुछलाई लिएर कंग्रेस नेता तथा कार्यकर्ताहरूले चर्को विरोध जनाउँदै आएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदी र अमित साहले फसाउन खोजेको उनीहरूले आरोप लगाउँदै आएका छन् । यसैबीच, आफ्ना नेताविरुद्धका आरोप आधारहीन भएको र भाजपाले प्रतिशोधको राजनीति गरेको कंग्रेसले आरोप लगाएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०६ असार २०७९, ११ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्च अदालतबाट राहुल गान्धीलाई राहत
'मोदी र शाहले शेयर बजारमा गरेको टिप्पणी बारे संसदीय समितिले छानबिन गर्नुपर्छ' : राहुल गान्धी
एक्जिट पोल 'मोदी मिडिया पोल' हो, सरकार हाम्रै बन्छ : राहुल गान्धी