काठमाडौँ । मनसुन देशभर फैलिन अझै केही दिन लाग्ने भएको छ । गत जेठ २२ गते नेपालको पूर्वी भागबाट प्रवेश गरेको मनसुन देशभर फैलिन अझै दुई तीन दिन लाग्ने वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए ।
पौडेलकाअनुसार हाल प्रदेश नं १, मधेस प्रदेश, बागमती, र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव छ । अन्य प्रदेशका पहाडी भूभागमा स्थानीय वायुको तथा भारतको उत्तरप्रदेश र बिहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव छ ।
“देशभरी मनसुनको प्रभाव छैन”, पौडेलले भने । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ भए पनि यस वर्ष सो समयभन्दा एक साता आगाडी अर्थात् जुन ५ मै मनसुन प्रवेश गरेको छ । नेपालमा साधारणतयाः जुनदेखि सेप्टेम्बरसम्मलाई मनसुनको अवधि भनिन्छ । उक्त समयमा नेपालमा वार्षिक वर्षभरीको ८०% पानी पर्छ ।
राति प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली रही प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
सोमबार देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ असार २०७९, १९ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
५ प्रदेशमा फैलियो मनसुन, कर्णाली र सुदूरपश्चिम पुग्दै
आइतबारसम्म देशभर मनसुन फैलिने
नेपाल भित्रियो यसबर्षको मनसुन
एघार दिनपछि मनसुन भित्रिने पूर्वानुमान
नेपालको पूर्वी क्षेत्रबाट आागमी १० दिनमा मनसुन भित्रिने
भारतको केरल आइपुग्यो मनसुन, नेपालमा सात दिनभित्र मनसुनको प्रभाव देखिने