काठमाडौ । काठमाडौं संघीय निर्वाचन क्षेत्र ६ बाट अब्दुस मियाँले उम्मेदवारी घोषणा गरेका छन् । यसअघि विवेकशील साझा पार्टीमा सक्रिय उनले सो पार्टीबाट अलग भएर स्वतन्त्र रुपमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
‘पछिल्लो समय मूलधारका राजनीतिक दलहरूले देखाएको विच्शृंखलता र निराशाजनक कार्यसम्पादनका कारण देशले खोजिरहेको विकल्पमा अझ बढी काम गर्नुपर्ने उत्तरदायीत्व बहन गर्दै यहाँहरू समक्ष आगामी प्रतिनिधि सभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा आफूलाई प्रस्तुत गर्न चाहन्छु । प्रतिनिधि सभामा स्वतन्त्र युवा कानून निर्माताका रूपमा सहभागी हुने लक्ष्यका साथ म काठमाडौँ क्षेत्र नम्बर ६ बाट उम्मेदवारी दिने निर्णयमा पुगेको हुँ’, उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उनले धेरै सक्षम युवाहरुले नीतिनिर्माण तहमा पुग्ने ईमान्दार प्रयास गर्नुपर्ने आवश्यकता औँल्याउँदै देशभरका १६५ निर्वाचन क्षेत्रहरुबाटै सक्षम युवहरुलाई उम्मेदवारी दिन आह्वान समेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ असार २०७९, १५ : ३२
लेखकबाट थप