काठमाडौं । अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी) मा नेपालको संलग्नता सम्बन्धमा जानकारी दिन संसदीय समितिमा उपस्थित नभएको भन्दै सांसदहरूले प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध आक्रोश व्यक्त गरेका छन् ।
प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले देउवालाई बोलाएपनि अन्तिम समयमा बैठकमा आउन नसकिने जवाफ पठाएका थिए । आइतवार बसेको बैठकमा सभापति पवित्रा निरौला खरेलले प्रधानमन्त्रीले संसदीय समितिको अपमान गरेको आरोप लगाइन् ।
नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री भीम रावलले संसदीय समितिको अपमान गरेकोमा देउवाविरुद्ध खेद प्रस्ताव पारित गर्न माग गरे । ‘प्रधानमन्त्री संसदप्रति अनुत्तरदायी हुनुभयो, यो खेद गर्न लायक विषय हो । राष्ट्रियता सम्बन्धी यति संवेदनशील विषयमा जानकारी गराउन इन्कार गर्ने प्रधानमन्त्रीविरुद्ध खेद प्रस्ताव पारित गर्नुपर्छ,’ रावलले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ असार २०७९, ११ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीम रावलले धनगढीमा माघ २६ गते मातृभूमि जागरण भेला गर्दै
भीम रावलले टुंग्याए पार्टीको नाम
भीम रावलको अभियानलाई शुभकामनासहित झलनाथको दिए तीन बुँदे सुझाव
दोस्रो जनआन्दोलनमा गणतन्त्र ल्याउने एजेन्डा थिएन : भीम रावल
सुनसरीमा तय भएको कार्यक्रम रोकिएपछि बाटोबाटै फर्किए भीम रावल
भीम रावललाई स्वागत गर्न नेकपा एस र दुर्गा प्रसाईँका कार्यकर्ता विमानस्थलमा