बारामा सार्वजनिक जग्गा भूमाफियाहरुको कब्जामा

पत्रपत्रिकाबाट

शनिबार, ०४ असार २०७९, ०७ : ५५
बारामा सार्वजनिक जग्गा भूमाफियाहरुको कब्जामा

बारा । बाराको हाल कोल्हवी नगरपालिका वडा नं। १ स्थित बजार क्षेत्रको किता नं. १०९ को ५ विघा ४ कठ्ठा सार्वजनिक जमिन भूमाफियाले हड्प्न थालेको भन्दै आवाज उठेको १० वर्ष बित्नै लागेको छ ।

तर अझै पनि यो जमिन सार्वजनिक हुन सकेको छैन । स्थानीय निकाय होस्, वा प्रदेश अनि संघको चुनाव ताका  जमिन सार्वजनिक बनाई छाड्ने नेताहरुले प्रतिवद्धता व्यक्त गर्ने गरे पनि चुनाव सकिएसँगै सबै मौन बस्दै आएका छन् ।

बाराको कोल्हवी नगरपालिका वडा नं। १ स्थित बजार क्षेत्रको किता नं. १०९ को ५ विघा ४ कठ्ठा सार्वजनिक जग्गा ब्यक्तिले जग्गाधनी पूर्जा लिएको रहस्य बाहिर आएसँगै सचेत स्थानीयहरु त्यसविरुद्ध निरन्तर लागि परेको १० वर्ष भई सक्यो । तर अझै सम्म पनि सो सार्वजनिक जमिनको अझै छिनोफानो भएको छैन ।

यस क्षेत्रको मध्य भागमा वर्षौदेखि हाटबजार लाग्दै आइरहेको छ । वर्षौदेखि ब्यापार, ब्यावसाय सञ्चालन गर्दै आइरहेका ब्यापारीहरुले पनि पक्की संरचना तयार गरि आफ्ना ब्यवसायहरु चलाउँदै आएका छन् ।  यही सार्वजनिक जमिनमा आँखा गाँड्दै भूमाफिया गिरोहले विभिन्न प्रपञ्च रच्दै सार्वजनिक जमिन हत्याउन लागि परि रहेका छन् ।

यस क्षेत्र भित्र हाट बजार सहित कोल्हवी नगरपालिका, कोल्हवी उद्योग वाणिज्य संघ, इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी सुरक्षा वेस, थारु कल्याणकारणी, ओम शान्ति लगायतका सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरुको पक्की भवन छन् ।

प्रतिक्रिया दिनुहोस