अर्थमन्त्रीले पर्यटन मन्त्रालयको साढे १० अर्ब बजेट कटौती गरेको मन्त्री आलेको गुनासो

सफल खबर संवाददाता

बुधबार, ०१ असार २०७९, १५ : ५७
अर्थमन्त्रीले पर्यटन मन्त्रालयको साढे १० अर्ब बजेट कटौती गरेको मन्त्री आलेको गुनासो

काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री प्रेमबहादुर आलेले आफ्नो मन्त्रालयको साढे १० अर्व बजेट कटौती गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्मासँग गुनासो गरेका छन्।

बुधबार विनियोजन बजेटमाथि सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा मन्त्री आलेले पटक–पटक आग्रह गर्दा पनि अर्थमन्त्री शर्माले सो बजेट कटौती गरिदिँदा कतिपय स्थानीय तहसँग गरिएको साझेदारी कार्यक्रम पनि कटौती गर्नुपर्दा आफूलाई अति दुःख लागेको प्रतिक्रियासमेत दिए।उनले बजेटको आकार भने ९.८ प्रतिशत बढ्ने तर आफ्नो मन्त्रालयको बजेट भने ठूलो मात्रामा कटौती भएकै कारण पर्यटक भित्र्याउने कतिपय कार्यक्रमहरुलाई निरन्तरता दिन नसकिएको स्पष्ट पारे।

उनले भने, ‘बजेट गत वर्षको भन्दा ९.८ प्रतिशत वृद्धि भएको छ। तर मैले यो रोष्टममा उभिएर भनिरहँदा मेरो मन्त्रालय मात्र साढे १० अर्व बजेट कटौती भएको अवस्था छ। मैले पटक–पटक माननीय अर्थमन्त्रीजीलाई भने– माननीय ज्यूहरुको विभिन्न खालका जिज्ञासाहरु छ, बजेट कटौती गरिदिनुभएन भन्दाखेरी कतिपय हामीले स्थानीय तहसँग गरिएको साझेदारी कार्यक्रमहरु पनि कटौती भएका छन्।मन्त्री आलेले थपे, ‘विभिन्न पुरातात्विक महत्वका आयोजनाहरु, विभिन्न ठाउँमा पर्यटक भित्र्याउने कुराहरु होस्, पर्यटकलाई भित्र्याउनका लागि ट्रेल मार्गको कुरा पनि यहाँ आएको छ। तर बजेट अभाव भयो।’

प्रतिक्रिया दिनुहोस