विराटनगर । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलले प्रदेशको नाम चयन गर्नका लागि अन्य दलसँग छलफल गर्न संसदीय दलका नेता राजीव कोइरालालाई जिम्मा दिएको छ ।कांग्रेस संसदीय दलका नेता कोइराला सत्तारुढ गठबन्धनको प्रदेश राजनीतिक समयन्त्रका संयोजक पनि हुन् ।
संसदीय दलको बैठकले जारी १० औं तथा अन्तिम बजेट अधिवेशनमा बजेट पारित भएपछि प्रदेशको नामाकरण गर्ने भन्दै पहल गर्ने निर्णय गरेको हो ।प्रमुख सचेतक कांग्रेस प्रमुख सचेतक सूयर्माराज रार्ईका अनुसार बैठकले नामका विषयमा पार्टी भित्र साझा धारणा बनाउने निर्णय पनि गरेको छ ।नेकपा एमालेले नामका विषयमा छलफल गर्न सांसद हिक्मत कार्कीको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिसकेको छ । कार्यदलले सत्ता पक्षसँग छलफल गरिरहेको छ ।
केहीदिन अघि कार्कीले कांग्रेस संसदीय दलका नेता राजीव कोइरालासँग छलफल गरेका थिए । प्रदेश सरकारले पनि नाममा सहमति जुटाउन स्वास्थ्य मन्त्री जयराम यादवको संयोजकत्वमा कार्यदल गठन गरेर काम थालिसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ असार २०७९, १५ : १५
लेखकबाट थप