कम्युनिष्टहरूको संयुक्त चेतावनी : अमेरिकाको हस्तक्षेप बढ्यो, प्रधानमन्त्रीकाे भ्रमण राेक्नू

सफल खबर संवाददाता

बुधबार, ०१ असार २०७९, १२ : ३९
कम्युनिष्टहरूको संयुक्त चेतावनी : अमेरिकाको हस्तक्षेप बढ्यो, प्रधानमन्त्रीकाे भ्रमण राेक्नू

काठमाडाैँ ।अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) अगाडि बढाउने प्रधानमन्त्री शेरबहादुर देउवाको तयारीप्रति विभिन्न ९ कम्युनिष्ट पार्टीले विरोध गरेका छन्। संयुक्त रूपमा विज्ञप्ति जारी गरेर नेपालले एमसिसी संसदबाट अनुमोदन गरेपछि नेपालमाथि अमेरिकाको हस्तक्षेप बढेको बताएका हुन्। 

संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘यो नेपाली सेनाको सहभागिता, अमेरिकाले नेपाली सेनालाई आफ्नो सेनाको अङ्ग बनाउने र सामान्यतः दक्षिण एसिया क्षेत्र र विशेषतः चीनमाथिको सैन्य हस्तक्षेपका निमित्त नेपालका सैन्य अखडालाई निर्वाध प्रयोग गर्ने योजनामा आधारित छ। हामी सार्वभौम तथा स्वाधीन नेपालमाथि अमेरिकी साम्राज्यवादको यसप्रकारको ठाडो दबाब तथा हस्तक्षेपको घोर विरोध एवम् भत्र्सना गर्दछौँ र नेपालको सार्वभौमिकता तथा राष्ट्रिय स्वाधीनतामाथि हस्तक्षेप नगर्न जोडदार माग गर्दछौँ।’

उनीहरूले प्रधानमन्त्री देउवाकाे अमेरिकामा भ्रमण राेक्न मागसमेत गरेका छन्।  आजको संसद्‌ बैठकमा समेत अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) बारे प्रधानमन्त्रीले प्रष्ट जवाफ दिनुपर्ने माग सांसदहरूले गरेका छन्।

प्रतिक्रिया दिनुहोस