एसपिपी सम्झाैतामा हस्ताक्षर नगर्ने विश्वास दिलाउन प्रधानमन्त्रीलाई महामन्त्री गगनकाे आग्रह

सफल खबर संवाददाता

बुधबार, ०१ असार २०७९, १२ : २१
एसपिपी सम्झाैतामा हस्ताक्षर नगर्ने विश्वास दिलाउन प्रधानमन्त्रीलाई महामन्त्री गगनकाे आग्रह

काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) सम्झौतामा हस्ताक्षर नगर्ने विश्वास दिलाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा सभामुखले बोल्न दिएको समयमा महामन्त्री थापाले यस्ताे आग्रह गरेका हुन्।उनले पछिल्लो समय आलोचित बनिरहेको एसपिपी सम्झौता सरकारसँग सम्बन्धित भएको र रक्षा मन्त्रालयको जिम्मेवारीमा रहेको बताए।

रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका प्रधानमन्त्रीले संसदमा यो सम्झौताको कुरा उठिरहँदा संसदमा नै यस बारेमा बोल्नुपर्ने महामन्त्री थापाकाे भनाइ छ।‘यो सम्झौता के हो? कसको पालामा आयाे? कसरी आयो? भन्ने बारेमा धेरै कुरा बाहिर आइरहँदा सरकाले नै यस बारेमा प्रस्ट पार्नुपर्छ’, उनले भने।नेपालको स्वतन्त्रतामा आँच आउने कुनै पनि सम्झौता जुनसुकै देशसँग गर्न नहुने पनि थापाले बताए।

प्रतिक्रिया दिनुहोस