कालापानी क्षेत्रमा एक पक्षीय ढंगबाट गरिने निर्णयहरु नेपाललाई मान्य छैन : परराष्ट्रमन्त्री खड्का

सफल खबर संवाददाता

मंगलबार, ३१ जेठ २०७९, १६ : ४०
कालापानी क्षेत्रमा एक पक्षीय ढंगबाट गरिने निर्णयहरु नेपाललाई मान्य छैन : परराष्ट्रमन्त्री खड्का

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रमा एक पक्षीय ढंगबाट गरिने निर्णयहरु नेपाललाई मान्य नभएको बताएका छन् ।कालापानी क्षेत्रमा रहेको भारीय क्याम्प हट्नुपर्ने, नेपालको दार्चुला हुँदै मानसरोवर जाने गरी भारतले बनाएको बाटोको विषयलाई लिएर नेपालमा प्रश्न उठिरहेको छ ।

त्यसलाई रोक्न नेपाल सरकारले कुटनीतिक पहल गर्न नसकेको भनी आलोचना भैरहेका बेला परराष्ट्रमन्त्री नारायण खड्काले कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रमा एक पक्षीय ढंगबाट गरिने निर्णयहरु नेपाललाई मान्य नभएको बताएका हुन् ।

‘लिपुलेक, लिम्पयाधरा, कालापानी लगायतका सबै भू-भागहरु नेपालको भएको र त्यस क्षेत्रमा र सीमा सम्बन्धी विषयहरुमा आपसी समझादारीबिना एक पक्षीय ढंगबाट गरिने निर्णयहरु नेपाल सरकालाई मान्य छैन्’ मन्त्री खड्काले भने ।

प्रतिक्रिया दिनुहोस