काठमाडौँ ।बागमती प्रदेशको प्रदेशसभा बैठकमा ५ वटा प्रतिवेदन पेश भएको छ। मंगलबार बसेको बैठकमा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश लोकसेवा आयोगको ०७७/७८ को वार्षिक प्रतिवेदन पेश गरेक
त्यसैगरि, प्रदेश मामिला समितिका सभापति माधव पौडेल, अर्थ तथा विकास समितिका सभापति नारायणबहादुर सिलवाल, शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति केशवप्रसाद पोखरेल र उद्योग पर्यटन तथा वातावरण समितिका सभापति रमा आलेले आफ्नो समितिको वार्षिक प्रतिवेदन पेश गरेका छन्।
बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले आर्थिक सर्वेक्षण २०७८/७९ पेश गरे। प्रदेशसभा बैठक बुधबार अपरान्ह ४ बजे बस्ने गरी स्थगित भएको छ। बुधबारको बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट आउनेछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३१ जेठ २०७९, १६ : ३५
लेखकबाट थप