काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्र राय यादवले असार मसान्तभित्र ८० लाख मेट्रिक टन मल आउने आश्वासन दिएका छन्। यस्तै मलको समस्या दीर्घकालीन रूपमा समाधान गर्नका लागि छुट्टै निकाय स्थापना गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री यादवले नेपाल आयल निगमजस्तै छुट्टै निकाय स्थापना गरेर मात्रै मलको समस्या दीर्घकालीन रूपमा समाधान गर्नुपर्ने अवस्था रहेको बताए।
त्यसैगरी उनले मल कारखानाको स्वदेशमै स्थापना गर्नुपर्ने, मलको खरिद जीटुजी प्रक्रियामा अघि बढाउन सकेमात्रै नेपालमा मलको समस्या समाधान गर्न सकिने स्पष्ट पारे।मन्त्री यादवले असार १५ गतेभित्र किसानहरूका लागि मल उपलब्ध गराउने प्रतिबद्धता समेत जनाए।
भारत सरकारले ५ लाख मेट्रिक टन मल चालू आर्थिक वर्षभित्रै उपलब्ध गराउने आश्वासन दिएकाले सो समस्या समाधान हुने उनको भनाइ थियो।
मन्त्री यादवले भने, ‘मल उपलब्ध गराउने सवालमा असारको १५ गतेसम्म साल्ट ट्रेडिङबाट आउने एपी र युरिया मलआउँछन्। मोटामोटी अहिलेसम्म ५२ हजार मेट्रिक टन ल्याउने प्रक्रियामा छौं। हामीसँग करिब १४ हजार मेट्रिक टन छ।'
विराटनगरमा झोल युरियामलको व्यवस्था पनि गरिएको उनले बताए।पाँच लाख लिटर सो मल भारत सरकारले दिने निर्णय गरेको छ। दोस्रो चरणमा डेढ लाख मेट्रिक टन बाँकी रहन्छ। दोस्रो चरणमा यसै वर्षमा यो भारत सरकारबाट उपलब्ध हुने उनले बताए।
कोभिडका कारण धेरै देशहरूले मल उत्पादन गर्न नसकेको अवस्था, रूस र युक्रेनको युद्धको कारणले पनि मलको अभाव भएको उनले जिकिर गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३१ जेठ २०७९, १५ : ०२
लेखकबाट थप