अमेरिकासँगको एसपीपी सम्झौताबारे जानकारी छैन- नेपाली सेना

सफल खबर संवाददाता

मंगलबार, ३१ जेठ २०७९, १३ : ४८
अमेरिकासँगको एसपीपी सम्झौताबारे जानकारी छैन- नेपाली सेना

काठमाडौँ । नेपाली सेनालाई अमेरिकाले प्रस्ताव गरेको भनिएको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौताबारे जानकारी नभएको बताएको छ । 

‘नेपाली सेनालाई त्यस्ता खाले कुनै डकुमेन्टहरू प्राप्त भएका छैनन्,’ सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले लोकान्तरसँग भने, ‘कसले कुन नियतले ल्याएको हो त्यो हामीलाई थाहा छैन ।’प्रवक्ता सिलवालका अनुसार सेनालाई औपचारिक वा अनौपचारिक कुनै पनि डकुमेन्टहरू आएको छैन । 

नेपालको उच्च भूभागमा संयुक्त सैन्य अभ्यास, नेपाली सेनाका अधिकृतहरूका लागि संयुक्त राज्य अमेरिकामा फेलोसिप कार्यक्रम र अमेरिकी नेशनल गार्डका अधिकृतहरूलाई नेपालको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयमा फेलोसिप कार्यक्रमजस्ता विषय समेटिएको भनिएको सो सम्झौताबारे सैनिक प्रवक्ता सिलवालले थाहा नभएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस