सांसदको प्रश्न- यो सरकारलाई किसानमारा किन नभन्ने ?

सफल खबर संवाददाता

मंगलबार, ३१ जेठ २०७९, १३ : १२
सांसदको प्रश्न- यो सरकारलाई किसानमारा किन नभन्ने ?

काठमाडौँ । नेकपा एमालेका सांसद झपटबहादुर रावलले गत वर्षको बेमौसमी वर्षाका कारण क्षति भएका किसानलाई प्रतिकठ्ठा ७५ रूपैयाँ राहत दिने निर्णयप्रति आपत्ति जनाएका छन् ।विनियोजन विधेयकमाथि मंगलवार प्रतिनिधि सभा बैठकमा कृषि मन्त्री महिन्द्र यादवले जवाफ दिएपछि प्रतिप्रश्न गर्दै रावलले यो सरकारलाई किसानमारा किन नभन्ने भनेर प्रश्न गरेका हुन् ।

‘बेमौसमी वर्षाका कारण क्षति भएका किसानलाई प्रतिकट्ठा ७५ रूपैयाँका दरले दिने राहत किसानविरोधी या किसान मारा किन नभन्ने ?’ रावलले प्रश्न गरे, ‘एक कठ्ठामा कति धान उब्जनी हुन्छ भन्ने यो सरकारलाई थाहा छ कि छैन ?

प्रतिक्रिया दिनुहोस