भारतसँगको सीमा विवादमा चीन जिम्मेवार छैन : चिनियाँ रक्षामन्त्री

एजेन्सी

सोमबार, ३० जेठ २०७९, ०८ : ३०
भारतसँगको सीमा विवादमा चीन जिम्मेवार छैन : चिनियाँ रक्षामन्त्री

एजेन्सी । चीनका रक्षा मन्त्री वेइ फेङ्गले चीन र भारत सीमा विवादमा चीन जिम्मेवार नरहेको बताएका छन्।

आइतबार सिंगापुरमा भएको इन्टरनेशनल इस्टिच्यूट फर स्ट्राटेजिक स्टडीजको १९ औँ सांग्रीला संवादमा उनले चीन र भारत छिमेकी राष्ट्र भएको र असल सम्बन्ध कायम राख्नु दुवै देशको हितमा रहेकोले चीन सक्रिय रुपमा प्रयासरत भएको बताएका छन्।

चिनियाँ रक्षामन्त्री जनरल वेई फेङ्गले सीमा क्षेत्रमा शान्ति स्थापनाका लागि विभिन्न चरणमा कमान्डर स्तरमा वार्ता भएको बताएका छन् । उनले दुवै देशले वास्तविक नियन्त्रण रेखामा शान्ति स्थापना गर्ने दिशामा काम गरिरहेको पनि बताएका हुन् ।

एलएसीमा भएका द्वन्द्वबारे रक्षामन्त्री फेङ्गले भने, ‘हामीले भारतीयहरूसँग कमाण्डर स्तरमा १५ चरणको वार्ता गरेका छौं । हामी यस क्षेत्रमा शान्ति स्थापना गर्न मिलेर काम गरिरहेका छौँ ।’ तर, फेङ्गले चीनले आफ्नो क्षेत्रमा भारतीय स्वामित्वका हतियार फेला पारेको दाबी गर्दै भारतले सीमापार मानिससमेत पठाएको आरोप लगाए ।

‘हामीले भारतीय पक्षको स्वामित्वमा रहेका धेरै हतियार फेला पारेका छौं । उनीहरूले मानिसहरूलाई चिनियाँ भूभागमा पनि पठाएका छन्’ फेङ्गले भने । इन्डो प्यासिफिक क्षेत्रमा उसको सक्रियतालाई लिएर उनले अमेरिकाको समेत आलोचना गरे ।

प्रतिक्रिया दिनुहोस