वीरगन्ज । पर्साको ग्रामीण भेगलाई सदरमुकाम वीरगन्जसँग जोड्ने एक मात्र सडकमा रहेको तिलावे नदीमाथिको पुल ७ वर्षदेखि अधुरो छ। ठेकेदारको लापरबाहीका कारण उक्त पुल अधुरै रहेको हो।
२०७२ जेठ २५ मा पप्पु(लुम्बिनी जेभीले ७ करोड ७१ लाख रुपैयाँमा ३ वर्षमै बनाउने गरी पुलको निर्माण गर्ने बताएको थियो। हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगन्जका अनुसार सम्झौता भएअनुसार पुल २०७५ जेठ २४ भित्रै ठेकेदारले निर्माण सम्पन्न गर्नुपर्ने थियो। तर, ठेक्का लागेको ७ वर्ष बितिसक्दा पनि पुल निर्माण हुन सकेको छैन। यसको विभिन्न कारण देखाउँदै ठेकेदार कम्पनीले पटक–पटक म्याद थप गराउँदै आएको छ ।
पछिल्लोपटक थपिएको ठेक्काको म्याद गत चैत मसान्तसम्मको म्याद सकिएको पनि करिब ३ महिना हुन लागिसकेको छ। तर, अझैसम्म पुलको निर्माण सकिएको छैन। ठेकेदारको आग्रहमा हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगन्जका आठौंपटक फेरि असार १६ गतेसम्मको म्याद थपेको छ।
यसअघि सातांैपटक थपिएको गत चैत मसान्तको म्यादमा काम नसकिएकाले ठेकेदारकै आग्रहमा अन्तिमपटकका लागि असार १६ सम्मको म्याद थपिएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगन्जका प्रमुख दरोगा साहले बताए। उनले भने, ‘असार १६ सम्म ठेकेदारले पुलको काम सक्छ भन्ने विश्वास छ।’
यसअघि ठेकेदार नै सम्पर्कविहीन हुँदा ७ महिनासम्म अलपत्र परेको पुलको निर्माण, स्थानीय युवाहरूले पुल निर्माणस्थलमै १ महिनासम्म प्रदर्शनसहितको दबाब दिएपछि गत मंसिरबाट निर्माण सुचारु भएको थियो। अन्नपूर्ण पोष्ट दैनिकमा खबरछ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, २९ जेठ २०७९, ०८ : १४
लेखकबाट थप