मुगु । मुगुमा पाठ्यपुस्तक यथाशीघ्र ल्याउन नेपाल विद्यार्थी संघ मुगुले माग गरेको छ । नेविसंघ मुगुले मुगुमा छिटोभन्दा छिटो पाठ्यपुस्तक ल्याउन माग गरेको हो । शैक्षिकसत्र सुरु भएको दुई महिना हुन सक्दा पनि मुगुमा हालसम्म पाठ्यपुस्तक पुग्न सकेको छैन ।
जिल्ला शिक्षा समन्वय इकाइ मुगुलाई ज्ञापनपत्र बुझाएर नेविसंघले तत्काल पाठ्यपुस्तक ल्याउन माग गरेकाे संघ मुगुका संयोजक सोविन्द्र बहादुर मल्लले बताए । उनका अनुसार शैक्षिक सत्र सुरु भइसक्दा पनि हालसम्म मुगुमा पाठ्यपुस्तक नपाउँदा विद्यार्थी मर्कामा परेपछि ध्यानाकर्षण पत्र बुझाएका हाैँ । तत्का पाठ्यपुस्तक नआए सशक्त रुपमा आन्दोलन उत्रिने नेविसंघले चेतावनी दिएको छ ।
मुगुमा सामुदायिक तथा निजी गरी १४० विद्यालयमा अध्ययनरत १७ हजार विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्न सकेको छैन । पाठ्यपुस्तक खरिदका लागि २८ लाख ४९ हजार ९७ रुपैयाँ सम्बन्धित विद्यालयको खातामा पठाइसकिएको छ । पाठ्यपुस्तक खरिदको जिम्मा पाएको जयलक्ष्मी पुस्तक भण्डारले हालसम्म पनि पुस्तक जिल्लामा ल्याउन सकेकाे छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ जेठ २०७९, १३ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुगुको लिब्रूमा गाडी पुग्यो
मुगुमा फुजी स्याउको व्यावसायिक उत्पादन सुरु
मुगुमा जीप दुर्घटना, दुई जनाको मृत्यु
भेडाबाख्रा पालन बाट खुसि खोज्दै मुगुका किसान, बिमा पनि सँगै
मुगुको सोरुमा भाइरल ज्वरोको प्रकोप : एउटै वडाका ३ जनाको मृत्यु, पालिकाभर बिरामी