काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले पहिलोपल्ट आयोजना गर्न लागेको नेपाल टी–२० क्रिकेट लिगका लागि सञ्चालक परिषद (गभर्निङ काउन्सिल) गठन गरेको छ ।क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ल निर्देशक रहने गरी पाँच सदस्यीय सञ्चालक परिषद गठन भएको क्यानले बुधबार जारी गरेको वक्तव्यमा उल्लेख छ ।
समितिका सदस्यमा भारतीय पूर्व क्रिकेटर तथा भारतीय क्रिकेटर संघका वर्तमान अध्यक्ष अशोक मलहोत्रा, क्यानका सदस्य दुर्गाराज पाठक र क्यानका जनसम्पर्क समितिका संयोजक भानुभक्त सिग्देल छन् । त्यस्तै लिगको रणनीतिक तथा व्यवसायिक साझेदार सेभेन थ्री स्पोर्टसबाट जतिन अहलुवालिया सदस्य छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ जेठ २०७९, १६ : ५१
लेखकबाट थप