दुई हजार छात्रालाई प्याड निःशुल्क बाँड्ने तयारी

आइतबार, १३ जेठ २०७५, १५ : ४१
दुई हजार छात्रालाई प्याड निःशुल्क बाँड्ने तयारी

चितवन । किशोरीहरुलाई लक्षित गर्दै अनन्त आशा नेपालले पुनः प्रयोग गर्न मिल्ने प्याड निःशुल्क वितरण गर्नेे भएको छ । चितवनको भरतपुरमा आइतबार पत्रकार सम्मेलनमार्फत आयोजकले चितवनमा महिनावारी स्वास्थ्य सम्बन्धी ज्ञानको चेतन अझै पनि कमी रहेकाले चेतनाको स्तर वृद्धि गर्न विद्यालयमा चिकित्सकसहितको टोलीले महिनावारी हुँदा प्रयोग गर्नको लागि प्याड वितरण गर्न लागिएको जानकारी दिइएको हो ।

अन्तर्राष्ट्रिय महिनावारी सरसफाई दिवसको अवसरमा सोमबार चितवनका २४ वटा विद्यालयमा अध्ययन गर्ने २ हजार किशोरीहरुलाई महिनावारी स्वास्थ्य तालिम तथा निःशुल्क पुनः प्रयोग गर्न मिल्ने प्याड वितरण गर्न लागिएको संस्थाका उपाध्यक्ष प्रदिपकुमार चौधरीले जानकारी दिनुभयो । ७ सय ५० रुँपौया लागतमा बनेको स्यानिटरी प्याड ३ वर्षसम्म पुनः प्रयोग गर्न मिल्ने संस्थाकी संयोजक तारा मर्हजनले जानकारी दिनुभयो ।

रंगीन प्याड पानीले नभिज्ने (वाटर पु्रफ) गरी फ्लाटिनको कपडा प्रयोग गरी बनाइएको छ । हस्तनिर्मित स्यानिटरी प्याड वैज्ञानिक प्रविधि अपनाएर बनाइएकाले महिनावारी भएका समयमा पनि सजिलै दैनिक कार्यहरु गर्न सकिने मर्हजनले बताउनु भयो । महिनावारीको समयमा किशोरीहरु विद्यालय नजाने समस्या प्याडको प्रयोगले हटाउने संस्थाले विश्वास लिएको छ ।

महिनावरीका विषयमा अझै पनि आमा छोरीबीच कुरा नहुने, लाज मान्ने, महिनावारीलाई पाप ठान्ने जस्ता विभिन्न किसिमका समस्याहरु रहेकाले चितवन मेडिकल कलेजका १ सय जना एमबीबीएस विद्यार्थीसहित विद्यालयमा नै पुगेर महिनावारी स्वास्थ्यका बारेमा जानकारी गराइने कार्यक्रममा जानकारी दिइएको थियो ।

 

प्रतिक्रिया दिनुहोस