काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०का शीर्ष नेताले आज प्रधानमन्त्री शेरबहादुर दउवालाई भेटेर आफ्ना माग संबोधनका लागि आग्रह गर्ने भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाउने छन् ।
ज्ञापनपत्रमा नागरिकता समस्याको समाधान, बन्दी रिहाई, संविधान संशोधनलगायत माग उल्लेख रहेको लोसपाका एक नेताले जानकारी दिए । “हामीले उठाउँदै आएका माग तत्काल संबोधन गर्न प्रधानमन्त्रीसँग आग्रह गर्ने कार्यक्रम छ,” ती नेताले भने, “प्रधानमन्त्रीलाई अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, अनील झा, लक्ष्मणलाल कर्णलगायत पार्टीका शीर्ष नेताले संयुक्तरुपमा ज्ञापनपत्र बुझाउँदै माग संबोधनका लागि आग्रह गर्नु हुनेछ ।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ जेठ २०७९, १० : ०९
लेखकबाट थप