चितवन । चितवनमा साप्ताहिक रुपमा प्रत्येक शनिबार किराना पसलहरु बन्द हुने भएको छ । यसअघि यि पसलहरु साप्ताहिक रुपमा सोमबार बन्द हुँदै आएको थियो ।
यही जेठ २३ गते बसेको किराना व्यवसायी संघको बैठकले यो निर्णय गरेको हो । किराना व्यवसायी संघ–चितवनले एक प्रेस विज्ञप्ती जारी गर्दै विगत लामो समय देखी सोमबार पसल बन्द गर्दै आएकोमा, अहिले बजारको मागलाई सम्बोधन र समय सापेक्ष बनाउन यो निर्णय गरेको जनाएको छ ।
संघले जेठ २३ कै मितिदेखि प्रत्येक शनिबार पसल बन्द हुने भएकाले अन्य दिन पारेर खरिद बिक्री गर्न आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ जेठ २०७९, ०७ : ५८
लेखकबाट थप