तनहुँ । तनहुँको भिमाद नगरपालिका–५ झकासघाटस्थित सेती नदी किनारबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्दै गर्दा प्रहरीले चार टिपर र एक एक्साभेटर नियन्त्रणमा लिएको छ ।आज दिउँसो अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय भिमादबाट खटिएको प्रहरी टोलीले ती सवारी साधन नियन्त्रणमा लिएको हो ।
लु१क ३८३७, लु१क ३८३८, लु१क ३८३९, लु१क ४०६६ नंको टिपर र अल्फाबेट नखुलेको ५९८ नंको एक्साभेटर नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि भिमाद नगरपालिकाको कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २३ जेठ २०७९, २१ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माइक्रोबस र टिपर ठोक्किँदा १३ जना घाइते, दुईको अवस्था गम्भीर
टिपरको ठक्करबाट दाङमा दुईजनाको मृत्यु
भक्तपुरमा टिपरको ठक्करबाट एकजनाको मृत्यु