एमाले निर्वाचन विभागले ओलीलाई प्रतिवेदन बुझाउने

सफल खबर संवाददाता

आइतबार, २२ जेठ २०७९, २१ : ४५
एमाले निर्वाचन विभागले ओलीलाई प्रतिवेदन बुझाउने

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय निर्वाचन विभागले वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षात्मक प्रतिवेदन तयार पारेर पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बुझाउने भएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको विभागको बैठकले समिक्षात्मक प्रतिवेदन तयार पारेर अध्यक्ष केपी शर्मा ओलीलाई बुझाउने निर्णय गरेको हो । 

पार्टी महासचिव शंकर पोखरेलको उपस्थितिमा बसेको बैठकले मंगलबारभित्र प्रतिवेदन तयार पारेर अध्यक्ष ओलीलाई बुझाउने निर्णय गरेको निर्वाचन विभाग उपप्रमुख समेत रहेका नेता निरज आचार्यले जानकारी दिए । एमाले निर्वाचन विभाग प्रमुखमा पार्टी उपमहासचिव विष्णु रिमाल रहेका छन् ।

प्रतिवेदनमा निर्वाचनसम्बन्धि विभागले गरेका कामहरु समेटिने छन् । त्यसमा निर्वाचनको परिणामको विश्लेषणदेखि निर्वाचनका क्रममा देखिएका सवल र दुर्वल पक्षको समेत विश्लेषण गरिने आचार्यले जानकारी दिए ।
 

प्रतिक्रिया दिनुहोस