डोजरे सडक : विकास कि विनाश

पत्रपत्रिकाबाट

आइतबार, २२ जेठ २०७९, ०७ : ३२
डोजरे सडक : विकास कि विनाश

काठमाडौं । डोजर र स्काभेटरले बझाङको खप्तडछान्ना गाउँपालिकामा सडक खन्दा स्थानीय हर्षित नरहने कुरै रहेन । त्यहीँ डोजरले खनिएको सडकमा वर्षामा पहिरो जान थालेपछि गाउँ बस्ती नै जोखिममा पर्दा स्थानीयको खुसी एकाएक निराशामा परिणत भयो ।

एक वर्ष अघि डडेल्धुरामा एक महिलालाई बाटो खन्ने क्रममा डोजरले उधिनेर फालेको भिडियो सामाजिक सञ्जालमा भाइरल बन्यो, उक्त भिडियो सार्वजनिक भएपछि डोजरे विकास प्रवृत्तिको विषयमा बहस र चर्चा भयो । तराईमा एक युवाको वातावरण विनाशविरुद्धको अभियानमा क्रसर सञ्चालकको ट्रिफर जोताएर मारेको घटना धेरैको दिमागमा अहिले पनि ताजकी नै छ ।

यी र यस्ता घटनाहरु कुनै ठाउँ विशेषमा मात्र सिमित छैनन् । पूर्वदेखि पश्चिम र हिमाल, पहाड, तराईका सबै जसो स्थानीय तहमा साझा चासो र समस्या बनेर आएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनपछि निर्वाचित जनप्रतिनिधिले कुनै योजना र प्राविधिक विश्लेषण बिना नै गाउँ गाउँमा सडक खन्ने होडबाजी गरें । त्यस्तो होडबाजीले दीर्घकालिन विकासको सट्टा विनास बढी निम्त्याएको पाइन्छ ।

विकासको नाउँमा गाउँगाँउमा डोजरले जथाभावी सडक खनिएपनि त्यहीँ सडक विनासको रुपमा समेत देखा परेको हो । यसरी खनिएका ग्रामिण सडकमा धेरै जसो ठाउँमा पहिरोको जोखिम देखिएको छ । वर्षातमा पहिरोले बस्तीमा ठूलो क्षति पु¥याउने गरेको छ भने हिँउदमा पनि सुख्खा पहिरो खस्ने भएपछि बस्तीहरु विस्थापित हुने क्रम बढ्न थालेको छ ।

केही महिना अघिसम्मको तथ्यांक हेर्ने हो भने बझाङमा मात्र बाढी पहिरोले १२ जनाको मृत्यु भयो १९ जना बेपत्ता भए । यस घटनाको मुख्य कारण थियो– होडबाजीमा खनिएको ग्रामिण सडक । विकास पूर्वाधार विज्ञ सुर्यराज आचार्य अहिले बस्ती विकास होस् वा शहरी विकासमा योजनावद्ध काम नै नभएको बताउँछन् । ‘हिजो पञ्चायतकालिन अवस्थामा जे जस्तो तरिकाले काम गरिन्थ्यो, अहिले पनि त्यो भन्दा तरिका फरक नै देखिएन ।’ उनले भने । राजधानी दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस