काठमाडौं । नेकपा एमालेको अनुशासन आयोगले स्थायी कमिटी सदस्य घनश्याम भूसाललाई कारवाहीको सिफारिस गरेको छ ।
अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेकाले भूसाललाई पार्टी विधान बमोजिम कारवाही गर्न सिफारिस गरेको आयोगका अध्यक्ष केशव बडालले बताए । ‘हाम्रो सचिवालयको बैठक बस्यो । बैठकले पार्टी हित विपरीत गएकाले एक जना स्थायी कमिटी नेतालाई कारवाहीको सिफारिस गरेको छ’, बडालले भने ।
स्थानीय चुनाव पछि भूसालले एक अन्तर्वार्ता मार्फत् अध्यक्ष ओलीको आलोचना गरेका थिए । ‘पार्टीमा बसेर पार्टीको विरुद्धमा, अध्यक्षको विरुद्धमा, महाधिवेशनको विरुद्धमा र नीतिको विरुद्धमा गयो भने केशव बडालमाथि पनि त्यस्तै कारवाही हुन्छ’, अध्यक्ष बडालले भने ।
पार्टी विधान बमोजिम आवश्यक कारवाहीको निर्णय भने पार्टी कमिटीबाट हुने उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २१ जेठ २०७९, २० : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाँच जना नेता एमालेबाट निष्कासित
यस्तो छ एमाले सचेतक बरालले संसदमा दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्ताव (पूर्णपाठ)
एमाले संसदीय दलको बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
एमाले विधान महाधिवेशन : ७० वर्षे उमेर हद वैधानिक रूपमै हट्ने
एमाले सचिवालय बैठक आज बस्दै, वामदेवबारे छलफल हुने
विराटनगरमा १८ जना एमाले कार्यकर्ताले दिए सामूहिक राजीनामा