काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन ।
शनिबार बिहान ललितपुरको खुमलटारस्थित प्रचण्डको निवासमा भएको भेटवार्तामा समसामयिक राजनीति, संघीय संसदमा पेश भएको आर्थिक वर्षको बजेट, सरकारले संसदमा पेश गर्न लागेका विभिन्न विधेयकबारे छलफल भएको थियो ।
भेटमा स्थानीय तह निर्वाचनको समीक्षा र सत्तारूढ दलहरूको गठबन्धनलाई निरन्तरता दिनेबारे छलफल भएको बताइएको छ ।सरकारले प्रतिनिधिसभाको जारी अधिवेशनमा राजनीतिक दलहरूबीचको सहमतिमा नागरिकता विधेयक पेश गर्ने तयारी गरेको छ ।
यस विषयमा सरकारको तयारीबारे गृहमन्त्री खाँणले अध्यक्ष दाहाललाई जानकारी गराएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २१ जेठ २०७९, १७ : ५९
लेखकबाट थप