काठमाडौं । शुक्रबार (२०७९ जेठ २० गते साँझ) बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा यौन हिंसा सम्बन्धी विधेयकमा छलफल चलिरहेको थियो । पूर्व सभामुख सुवास नेम्वाङले आसनबाट उठेर छलफल भइरहेको विधेयक नपाएको गुनासो गरे । उनले बोलिसकेपछि सभाामुख अग्निप्रसाद सापकोटाले ध्यानाकर्षण भएको बताए तर एमालेका सांसदहरु उठेपछि बाँकि विषयमा छलफल नगरि बैठक स्थागित हुन पुग्यो ।
तर उनले बोलेका विषय झुट सावित भएको छ । संघीय संसदको विधेयक शाखले यहि जेठ १७ गते नै यौन हिंसा सम्बन्धी विधेयक सबै दलको पिजन होलमा राखि सकेको जानकारी दिएको छ । तर पनि आज सम्म विधेयकको कपि नपाएको भनेर संविधानसभा अध्यक्ष समेत रहेको उनले बोलेपछि एमालेले संसदमा अबरोध गर्यो । बाँकि कार्यसूचिमा चढेका विषय हटाएर जेठ २३ गते बस्नेगरि प्रतिनिधि सभाको बैठक स्थगित भयो ।
प्रतिनिधि सभा नियमावलीको नियम १८ को २ मा पिजन होलमा राखेको सामग्री सम्बन्धीत सांसदले स्वत पाएको मानिने व्यवस्था छ । नियम १८ को १ मा कागजपत्रको वितरणमा सचिवले आवश्यक कागजपत्र एवं सूचना सदस्यलाई उपलब्ध गराउनेछू भनिएको छ । यसकै दोस्रो नम्बरमा ूयस नियम बमोजिम सदस्यलाई उपलब्ध गराउनु पर्ने कागजपत्र एवं सूचना सदस्यसँग सम्बन्धित पिजनहोलमा राख्ने व्यवस्था सचिवले मिलाउनेछ, यसरी पिजनहोलमा कागजपत्र एवं सूचना राखिएकोमा सम्बन्धित सदस्यले प्राप्त गरेको मानिनेछू भनिएको छ ।
संसद सचिवालयले सो विधेयक यहि जेठ १६ गते नै संघीय संसदको वेवसाइटमा राखेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० जेठ २०७९, २० : ५३
लेखकबाट थप