बझाङ । यार्सागुम्बा सङ्कलनका क्रममा हिमपहिरोमा परी एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुर्मा गाउँपालिका–१ नाउलाकी करिब ३० वर्षीया सिन्की बोहरा रहेको बताइएको छ । बिहीबार राति करिब १२ बजे धनसेरा भन्ने ठाउँमा टेन्टमा सुतिरहेका बेला माथिबाट खसेको हिमपहिरामा परी बोहराको मृत्यु भएको हो । उनीसँग रहेका अरु भने भागेर बाँच्न सफल भएका छन् । मृतक बोहराको उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी त्यसतर्फ परिचालन गरिएको प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले बताए।
मृतक बोहराका एक छोरा एक छोरी रहेका छन् । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनपछि सुर्मा, साइपाल र बुङ्गलका बासिन्दा घरमा ताला लगाएर यार्सा सङ्कलनका लागि लेकतर्फ गएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० जेठ २०७९, १४ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुस्ताङको छिप्लुङमा हिमपहिरो, बोक्सी खोला थुनियो
हिमपहिरोले असन्तुलित बनेको वीरेन्द्र ताल सामान्य अवस्थामा फर्कँदै
मनाङको हिमपहिरो पन्छाउन थालियो