काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको साथ लिएर काम गरेका ठाउँमा आफूहरु सफल भएको भन्दै जनताको सुझाव लिन क्यालेन्डर बनाउन निर्देशन दिएका छन् । प्रचण्डले एक्लो वीर जन्माउने प्रयास भइरहेको भन्दै एक्लो वीरले केही गर्न नसक्ने बताए ।धेरै उत्पात गर्छु भनेर नआत्तिन जनप्रतिनिधिहरुलाई निर्देशन दिए ।
माओवादीबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि काठमाडौंमा आयोजना गरिएको दुई दिने अभिमुखिकरण कार्यक्रमको समापन समारोहमा उनले दुई चार वटा जनताको मन छुने काम गरे हुने बताए ।
‘धेरै उत्पात गर्छु भनेर आत्तिनु पर्दैन, जनताको मन छुने दुई चार वटा कार्यक्रम गरे हुन्छ’, उनले भने, ‘प्रदेश र संघको चुनाव आउँदै छ, यो चार पाँच महिनामा सन्देश दिन सकछौं ।’
माओवादीले केन्द्रमा प्रत्येक वर्ष, प्रदेशम ६–६ महिनामा र पालिकामा ३ महिनामा अभिमुखीकरण गर्ने उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ जेठ २०७९, १९ : ४३
लेखकबाट थप