काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा पार्टी कमजोर हुनुमा अनुशासन हिनता मुख्य कारण भएको बताएका छन् ।
बिहीबार एमाले जनसंगठन समन्वय संयन्त्रको बैठकमा सम्बोधन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा अन्य दलहरुका कारणले नभइ आफ्नै कारणले जनमत गुमाउनु परेको बताएका थिए ।
आगामी निर्वाचनमा यसलाई सुधार गरेर जानु पर्ने उनको भनाइ थियो । ओलीले प्रतिनिधि सभा निर्वाचनमा केन्द्रीत हुन समेत निर्देशन दिए ।
संयन्त्रका संयोजक भानुभक्त ढकालको अध्यक्षता बसेको बैठकमा पार्टी उपाध्यक्ष विष्णु पौडेल सहित २२ जनसंगठनका इन्चार्ज, सहइन्चार्ज र अध्यक्षहरूको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ जेठ २०७९, १९ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली राजदूत ओलीले बुझाए चिनियाँ राष्ट्रपति सीसमक्ष ओहदाको प्रमाण पत्र
ओलीलाई बीआरआई परियोजना स्वीकार्न माधव नेपालको सुझाव
प्रधानमन्त्री ओलीले गरे पाँचतारे होटल लेमन ट्रिको उद्घाटन
यस्ता छन् ओली सरकारले एक महिनामा गरेको मुख्य काम र विवाद
दलित समुदायविहीन बन्यो ओली नेतृत्वको मन्त्रिपरिषद्
यी हुन् ओली मन्त्रिपरिषद्का मन्त्रीहरू (सूचीसहित)