गच्छदारको क्षेत्रको मतपत्रमा २० रुपैयाँ भेटिएपछि मतगणना रोकियो

सोमबार, २५ मंसिर २०७४, १२ : २१
गच्छदारको क्षेत्रको मतपत्रमा २० रुपैयाँ भेटिएपछि मतगणना रोकियो

सुनसरी, २५ मंसीर । सुनसरी क्षेत्र नम्बर तीनमा मतपत्रमा २० रुपैयाँको नोट भेटिएपछि मतगणना रोकिएको छ।

कांग्रेसबाट उपप्रधानमन्त्री विजयकुमार गच्छदार र एमालेबाट भगवती चौधरीबीच मुख्य प्रतिष्पर्धा रहेको सो क्षेत्रमा झन्डै २० हजार मत गन्न बाँकी छ।

अहिलेसम्मको मतगणनामा एमालेकी चौधरी अगाडि छन्।

कानुनतः मतपत्रमा पैसा भेटिएपछि त्यो मतपत्र बदर हुन्छ। ‘हामीले त्यो भोट हेर्दै नहेरी बदर गरेका छौं,’ सुनसरी–३ का निर्वाचन कार्यालयका सूचना अधिकारी शशी राईले भने, ‘त्यही विषयमा केही राजनीतिक दलले विरोध गरेपछि मतगणना एकछिन रोकिएको छ, स्थगित भएको होइन।’

प्रतिक्रिया दिनुहोस