गुल्मीको मुसिकोटमा उपनिर्वाचनका लागि निर्वाचन कार्यालय स्थापना

सफल खबर संवाददाता

शुक्रबार, ३० कार्तिक २०८१, १६ : २५
गुल्मीको मुसिकोटमा उपनिर्वाचनका लागि निर्वाचन कार्यालय स्थापना

बुटवल । गुल्मीको मुसिकोट नगरपालिका १ नम्बर वडामा हुने स्थानीय तहको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनअन्तर्गत शुक्रबार मुसिकोट नगरपालिकाको २ नम्बर वडामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

मुख्य निर्वाचन अधिकृत युवराज गौतमले   कार्यालय स्थापना भएको बताएका छन् ।  उक्त अवसरमा गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गरै,  डीएसपी शङ्कर पोखरेल, राजनीति दलका प्रतिनिधि लगायतको उपस्थित रहेको थियो ।

मुसिकोट नगरपालिका १ नम्बर वडामा रिक्त रहेको वडा अध्यक्ष पदको निर्वाचन हुँदैछ । जसमा नेपाल कांग्रेसले आनन्द श्रेष्ठ, एमालेले दल बहादुर थापा, माओवादी केन्द्रका दुर्गा बहादुर विक उम्मेदवार रहेका छन् ।  

प्रतिक्रिया दिनुहोस