झापा । विगत १० महिनामा झापामा बलात्कारका १०६ घटनामा प्रहरीले ८६ अभियुक्तलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याएको छ । यो तथ्याङ्क मासिक रुपमा हेर्दा महिनामा १० भन्दा बढी बलात्कृत भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय झापाको तथ्याङ्कानुसार आर्थिक वर्ष २०७८्७९ को १० महिनामा सबैभन्दा बढी जबर्जस्ती करणीका ७२ जाहेरी परेका छन् । ती घटनामा ५६ अभियुक्त पक्राउ परिसकेका छन् ।
सोही अवधिमा बाल यौन दुराचारका १९ र जबर्जस्ती करणी उद्योगका १३ घटना भएका छन् । बाल यौन दुराचारका १७ र जबर्जस्ती करणी उद्योगका १० अभियुक्त पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिए ।
बलात्कृत हुनेमा चार वर्षीया बालिकादेखि ६० वर्षीया वृद्धासमेत छन् । पछिल्लो समय बाल यौन दुराचारका घटना बढेका छन् । अधिकांश बलात्कारका घटनामा प्रायः परिवार, नातागोता, शिक्षक र छरछिमेकी अभियुक्त पाइएको पाठकले बताए।
“अधिकांश घटना नजिकका आफन्तबाट भएका देखिन्छन्”, उनले भने। यस्ता आपराधिक क्रियाकलापमा पढेलेखेका र समाजमा पहिचान बनाएका व्यक्तिको समेत संलग्नता पाइएको छ ।
बलात्कारका घटनाका २० अभियुक्त अझै फरार छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ जेठ २०७९, ११ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापा पुगेर प्रचण्डले खाए केराको पातमा मासुभात
झापामा ९३७ मेट्रिक टन कोदो उत्पादन
झापामा धानको समर्थन मूल्य तोकियो, खाद्य कम्पनी ५० हजार क्विन्टल धान खरिद गर्दै
झापामा विद्युत् बक्यौता नतिर्ने ग्राहकको लाइन काटियो
बिर्तामोडका ४ घरमा हात्तीले क्षति पुर्यायो
तटबन्ध नहुँदा झापाका सन्थाल बस्ती डुबानको जोखिममा