संसद बैठक

आज पनि बजेटमाथि सैद्धान्तिक छलफल हुँदै

सफल खबर संवाददाता

बुधबार, १८ जेठ २०७९, ११ : ०३
आज पनि बजेटमाथि सैद्धान्तिक छलफल हुँदै

काठमाडौं । संघीय संसदअन्तर्गत दुवै सदनको बैठक आज बुधबार पनि बस्दैछ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे तथा राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।

दुवै सदनको बैठकमा सरकारले जेठ १५ गते संसदमा पेस गरेको आगामी आर्थिक वर्ष २०७९/०८० माथि बुधबार पनि सैद्धान्तिक छलफल हुँदैछ ।बजेटमाथि मंगलबार पनि सांसदहरुले आफ्नो धारणा राखेका छन् । मंगलबार सांसदहरुले बोल्ने क्रम नसकिएकोले त्यसलाई बुधबार पनि निरन्तरता दिइन लागेको हो ।

सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस