काठमाडौं । प्रहरी महानिरीक्षक (आईजिपी) नियुक्ति विरुद्ध सर्वोच्च अदालतमा परेको रिटको अन्तिम सुनुवाई आज मंगलबार हुँदैछ ।जेष्ठता मिचेर आईजिपी नियुक्त गरिएको भन्दै एआईजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा रिट निवेदन हालेका थिए।
न्यायाधिश सुष्मालता माथेमाको एकल इजलासले पोखरेलको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेपनि पेशी सार्न नमिल्ने गरी जेठ १७ गते मंगलबारको लागि अन्तिम सुनुवाइको मिति तोकिएको थियो ।
सरकारले आफुभन्दा १७ महिना जुनियर एआईजी धिरजप्रताप सिंहलाई आईजिपीमा बढुवा गरेपछि अन्यायमा परेको भन्दै एआईजी पोखरेल सर्वोच्च पुगेका हुन । पोखरेलले अन्तरिम आदेश माग गरेपनि न्यायाधीश माथेमाले स्थानीय निर्वाचनमा प्रहरी संगठन प्रमुखविहीन हुँदा समस्या हुने तर चाँडै फैसला गर्न सकिने सरकारी पक्षको आग्रहलाई समर्थन गर्दै आदेश गरेका थिए।
आईजिपीको दज््र्यान्ही चिन्ह लगाइसकेको व्यक्तिलाई काम गर्नबाट रोक्न नहुने तर्कसमेत सरकारी पक्षका वकिलहरुले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ जेठ २०७९, ०९ : १२
लेखकबाट थप