काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आगामी आर्थिक वर्षको बजेटले आर्थिक संकटलाई सम्बोधन नगरेको टिप्पणी गरेको छ ।
संसदमा बजेट प्रस्तुतपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै एमाले नेता खगराज अधिकारीले बजेटले आर्थिक उत्पादन र वित्तीय क्षेत्रमा योगदान दिन नसक्ने बताए।
रोजगारी, आर्थिक विकास र रणनीतिक महत्वका योजनाको बारेमा पनि बजेट मौन रहेको उनको आरोप छ ।अधिकारीले आफू स्वास्थ्य मन्त्री हुँदा १ सय भन्दा धेरै औषधिहरु निःशुल्क उपलब्ध गराएको स्मरण गर्दै अहिलेको सरकारले त्यसलाई घटाएर ९८ मा कायम गरेको बताए।
स्वास्थ्य बीमा कार्यक्रमलाइ निजी क्षेत्रको जिम्मा लगाउने विषयले पनि सरकार जनताप्रति उत्तरदायी नभएको पुष्टि हुने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ जेठ २०७९, १९ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाँच जना नेता एमालेबाट निष्कासित
यस्तो छ एमाले सचेतक बरालले संसदमा दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्ताव (पूर्णपाठ)
एमाले संसदीय दलको बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
एमाले विधान महाधिवेशन : ७० वर्षे उमेर हद वैधानिक रूपमै हट्ने
एमाले सचिवालय बैठक आज बस्दै, वामदेवबारे छलफल हुने
विराटनगरमा १८ जना एमाले कार्यकर्ताले दिए सामूहिक राजीनामा