काठमाडौं । सरकारले घरजग्गा कारोबारमा कडाई गर्ने भएको छ । घरजग्गाको कारोबार लाइसेन्स प्राप्त व्यक्तिले मात्र गर्न पाउने व्यवस्था सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० बाट सुरु गर्न लागेको हो ।
अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् । ‘घर जग्गा कारोबारलाई व्यवस्थित र पारदर्शी बनाउन आधिकारिक निकायबाट अनुमति प्राप्त व्यक्ति र कम्पनीले मात्र घरजग्गा कारोबार गर्न पाउने आवश्यक प्रबन्ध गरिने छ,’ मन्त्री शर्माले भने ।
आगामी आर्थिक वर्षबाट महानगरपालिका र उपमहानगरपालिकामा सो व्यवस्था कार्यन्वयन गरी क्रमसः सबै स्थानीय तहमा लागु गरिने उनले जनाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ जेठ २०७९, १७ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घरजग्गा कारोबार व्यवस्थित गर्न सरकारले 'स्याटेलाइट' प्रविधि भित्र्याउने
लाइसेन्स नलिई घरजग्गा कारोबार गरे २५ लाख जरिबाना र ६ महिना कैद हुने
घरजग्गा कारोबारमा रहेको हदबन्दीको समस्या सम्बोधनतर्फ प्रयत्नरत छु : मन्त्री श्रेष्ठ