काठमाडौं। सरकारले घरजग्गा कारोबारलाई व्यवस्थित गर्न स्याटेलाइट प्रविधिमा आधारित नियन्त्रण विन्दुको सञ्जाल बिस्तार गर्ने भएको छ ।
मंगलवार संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम वाचन गर्ने क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले घरजग्गा कारोबार व्यवस्थित गर्न प्रविधिको प्रयोग गरिन लागेको बताएका हुन् ।
'स्याटेलाइट प्रविधिमा आधारित नियन्त्रणको आधार विन्दुहरूको सञ्जाल विस्तार गरिनेछ । आधुनिक प्रविधिबाट भूमिको पुनर्नापी गरी अभिलेख अद्यावधिक गरिनेछ', राष्ट्रपति पौडेलले भने ।उनले मूल्यांकन प्रणालीलाई व्यवस्थित बनाउन कानूनी तथा संरचनागत सुधार गरिने बताए ।
'मालपोत र नापीसम्बन्धी आधारभूत सेवा स्थानीय तहबाटै एकीकृत रूपमा प्राप्त हुने व्यवस्था मिलाइनेछ', उनले भने । उनले नाप/नक्सासम्बन्धी कामलाई थप व्यवस्थित र प्रविधियुक्त बनाइने पनि बताए । साथै भूमिको सदुपयोग गर्न तीनै तहको सरकारका लागि भू-उपयोग नीति तय गरिने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ जेठ २०८१, १६ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लाइसेन्स नलिई घरजग्गा कारोबार गरे २५ लाख जरिबाना र ६ महिना कैद हुने