दाङमा गोली लागेर एक जनाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, १४ जेठ २०७९, १० : ५७
दाङमा गोली लागेर एक जनाको मृत्यु

घोराही  ।  दाङमा गोली लागेर एकजनाको  मृत्यु भएको छ । बंगलाचुली गाउँपालिका र लमही नगरपालिकाको सीमाना रहेको जँगलमा सिकार खेल्न गएका लमही नगरपालिका वडा नम्बर– १ बौराह निवासी २३ वर्षीय कालुराम घर्ती मगरको गोली लागेर मृत्यु भएको दाङ प्रहरीले जनाएको छ । उनको घाँटीमा गोली लागेको छ । 

घटनामा संलग्न रहेको भन्दै प्रहरीले ८ जनालाई हिरासतमा लिएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान सुरु गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस