काठमाडौं । पोखरा महानगरपालिकाका नवनिर्वाचित मेयर र उपमेयरले सपथ ग्रहणसँगै पदभार ग्रहण गरेका छन् । मेयर धनराज आचार्यले बिहीबार पदभार ग्रहणपछि पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्न संघीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरेको जानकारी दिए।
व्यक्तिगत घटना दर्ता कार्यलाई सहज र सर्वसुलभ बनाइने, न्यून आय भएका नागरिकलाई वडा समितिको सिफारिसमा आवश्यक बजेटको व्यवस्था मिलाई कार्यक्रम स्वीकृत गरी पोषण भत्ता वापत प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय मेयर आचार्यले गरे । महिला हिंसाविरुद्ध पुरुषको ऐक्यबद्धताका लागि महिला पुरुष सचेतना कार्यक्रमलाई निरन्तरता एवं थप प्रभावकारी बनाउने, महानगरका अपांगता भएका बालबालिकाहरुलाई शिक्षामा समान पहुँच स्थापित गर्ने कार्यक्रम संचालन गर्ने निर्णय पनि उनले बताए ।
यस्तै, आचार्यले पोखराको मौलिक संस्कृति झल्किने पोखरा स्मारकको थ्रिडीसहितको डिजाइन बनाइ पेस गर्नेसम्बन्धी प्रस्ताव स्वीकृति गरी खरिद प्रक्रिया अघि बढाउने निर्णय गरे। पोखरा सभागृहमा आयोजित सपथग्रहण समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, संघीय सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमप्रसाद आले, गण्डकी प्रदेशका मन्त्रीहरुको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ जेठ २०७९, १९ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
श्रममन्त्री शरतसिंह भण्डारीले गरे पदभार ग्रहण
सिंहदरबारमा प्रधानमन्त्री ओलीको स्वागत
जयशंकरले गरे पदभार ग्रहण, परराष्ट्रमन्त्री श्रेष्ठले दिए बधाई