सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुनकोशी गाँउपालिका–७ दुई किलोमा गएराती एम्बुलेन्स अनियन्त्रति भई सडक छेउमा रहेको कटेजमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कटेजमा निदाईरहेकी अन्दाजी ७९ बर्षीया मनमाया खड्का रहेकी छिन् । एम्बुलेन्स पल्टिदा निदाएकै स्थानमा च्यापिएर गम्भीर घाइते भएकी खड्काको उपचारको क्रममा बाह्रबिसे स्थित किष्टोन अस्पतालमा राती सवा १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
दोलखाबाट काठमाडौं आउदै गरेको बा २० च ६३ २७ नम्बरको एम्बुलेन्स गएराती सवा ९ बजे नियन्त्रण गुमाएर कटेजमा ठोक्किएको थियो । एम्बुलेन्सका चालक फरार रहेकाले खोजी भइरहेको प्रहरी चौकी लामोसाँघु सिन्धुपाल्चोकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ जेठ २०७९, ११ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्याङ्जामा गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
एम्बुलेन्सको स्तरोन्नति गर्न प्रदेश सरकारको परिपत्र
धादिङमा सञ्चालित अधिकांश एम्बुलेन्स मापदण्ड विपरीत
९० प्रतिशत एम्बुलेन्स नवीकरण हुन सकेनन्
सुनसरीबाट गाँजा बोकेको एम्बुलेन्स नियन्त्रणमा